aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

७ लघुबीमा कम्पनी खुल्दै, बीमा समितिद्वारा प्रस्ताव आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० भदौ २०७९
७ लघुबीमा कम्पनी खुल्दै, बीमा समितिद्वारा प्रस्ताव आह्वान

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी समितिले यस्तो आव्हान गरेको हो । 

नेपाल सरकारको आ.व. २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख भएको स्मरण समितिले प्रकाशित गरेको सूचनामा गराईएको छ । यस्ता कम्पनी स्थापना गर्न इच्छुक व्यक्ति तथा लगानीकर्ताहरुका लागि विभिन्न सर्तहरु राखी समितिले सूचना प्रकाशित गरेको छ । 

त्यस्ता व्यक्ति तथा संस्थाहरुलाई प्रस्ताव पेश गर्न समितिले ३५ दिनको अवधि दिएको छ । 

समितिले प्रकाशित गरेको सूचनामा भनिएको छ – 'न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्‍याई बीमाको विकास तथा विस्तार गर्न
र नेपाल सरकारको आ.व. ०७९/०८० को बजेट वक्तव्यको बुँदा नं ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्न बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघुबीमा कम्पनीको स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाबाट देहायका सर्तहरूको अधीनमा रही प्रस्ताव पेस गर्न यो सूचना प्रकाशित गरिएको छ ।'

हेर्नुहोस् सूचना विस्तृतमा :

प्रतिक्रिया दिनुहोस