काठमाडौं । एनआईबिएल सहभागिता फण्डले यस वर्ष कर समेत ७ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडको भदौ ९ गतेको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
योजना व्यवस्थापकले भदौ ९ गतेनै लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा सो मितिसम्म कायम इकाईधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य भएको क्यापिटलको भनाई छ ।
यो योजना खुलामुखी योजना भएकाले इकाईधनीहरूले प्राप्त गर्ने कर तथा निर्धारित डिपी शुल्क पछिको लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मुल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाई खरीद गर्न सक्ने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस