
काठमाडौं । सानिमामाई हाइड्रोको नाफामा अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को तुलनामा गत आर्थिक वर्ष २०७५÷७६ मा कमि आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा १५ दशमलव ४४ प्रतिशतले कमि आएको हो । अघिल्लो वर्ष २७ करोड ७५ लाख २६ हजार रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष २३ करोड ४६ लाख ६४ हजार रुपैयाँ मात्र नाफा गरेको छ ।
गत वर्ष विद्युत विक्रीबाट ७२ करोड ४१ लाख ३६ हजार रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी अघिल्लो वर्ष ७८ करोड ९६ लाख ७९ हजार रुपैयाँ थियो । १० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ पु¥याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव ११ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस