aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

भारतीय शेयर बजारमा भारी गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ भदौ २०७९
भारतीय शेयर बजारमा भारी गिरावट

एजेन्सी । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा भारी गिरावट आएको छ ।  बम्बई स्टक एक्स्चेञ्जको सेन्सेक्स लगभग १२५० अंक अर्थात  १.०६ प्रतिशत तल झरेर ५७,६१३.२६ विन्दुमा आएको छ । त्यस्तै, नेसनशल स्टक एक्स्चेञ्ज(निफ्टी) २६१.५० अंक अर्थात १.०६ प्रतिशत तल १७,१९७.४० मा कारोबार गरिरहेको छ ।

टेक महिन्द्रा, इन्फोसिस, एचसीएल टेक्नोलोजी, टीसीएस र विप्रो १–५ प्रतिशतले घटेका छन् । कमजोरी सबै खण्ड, ठूलो क्याप, मिड क्याप र सानो क्यापमा देखिन्छ। निफ्टी बैंक, वित्तीय र आईटी सूचकहरू कमजोर भएका छन्। अन्य क्षेत्रमा पनि बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस