
काठमाडौै । पछिल्लो समयमा जलविद्युत क्षेत्रमा लगानी कर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भनेपनि १३ दिनमा दुई जलविद्युत क्षेत्रका लागि ७ अर्ब भन्दाबढि लगानी प्रस्ताव आएको छ ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ महिनाको १३ गतेसम्म दुई जलविद्युत क्षेत्रका लागि ७ अर्ब ५४ करोड ८२ लाख १६ हजार रुपैयाँ लागनी प्रस्ताव आएको हो । यसअवधिमा १४ वटा उदोग दर्ता भएका छन् जसमा हाइड्रोपावरका दुई उद्योगहरु दर्ता भएका हन् ।
दर्ता भएका उद्योगहरुमा ताप्लेजुङको मिक्काखोला गाउँपालिकामा टुष्ट इनर्जी लिमिटेड दर्ता भएको छ । उक्त आयोजनाका लागि ५ अर्ब ३८ करोड ७९ लाख ९८ हजार रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।
त्यस्तै, सोलुखुम्बुका सोलु दुधकुण्ड नगरपालिकामा नुम्बुर दुधकुण्ड हाइड्रोपावर प्रालि दर्ता भएको छ । उक्त हाइड्रोपावरका लागि २ अर्ब १६ करोड २ लाख १८ हजार रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस