काठमाडौं । काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन ।
प्राधिकरणले अन्य विभिन्न ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य गरिहेको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जनाकारी दिए । २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि हुने र २५ वटा सीसीएस साना ठूला कारहरु चार्ज गर्न मिल्ने रहेका उनले बताए । चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस