
एजेन्सी । अक्षय कुमारले फेरि एक पटक बलिउड चलचित्र क्षेत्रको बक्स अफिसमा पनि खेलाडी भएको प्रमाणीत गरेका छन् । अक्षयको नयाँ चलचित्र मिसन मंगल रिलिज भएको शुरुमा नै बक्स अफिसमा राम्रो शुरुवात गरेको छ । मिसन मंगले पहिलो दिन २९.१६ करोड भारु कमाउन सफल भएको छ ।
त्यस्तै दोस्रो दिन पनि १७.२८ करोड सहित ४६.४४ करोड कमाएका छ । भारतको स्वतन्त्रता दिवस १५ अगष्टका दिन रिलिज भएको मिसन मंगल दुइ दिनमा नै उक्त कमाइ गरेको हो ।
प्रतिक्रिया दिनुहोस