aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन दियो

काठमाडौं । डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ ।

त्यस्तै, कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । कम्पनीले ४ दशमलव ५ मेगावट क्षमता विद्युत आयोजना दैलेखमा निर्माण गर्दैछ । 

प्रतिक्रिया दिनुहोस