काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै शुक्रबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन एवम् लाभांश लिन पाउनेछन् ।
कम्पनीले हाल कायम रहेको चुक्तापूँजीबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी शेयरधनीहरुलाई कुल ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । कम्पनीको साधारण सभा भदौ ३० गते, बिहीबार, कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस