aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साउन महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब भन्दाबढि बीमा शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
साउन महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब भन्दाबढि बीमा शुल्क

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

उक्त अवधिमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले साउन महिनामा ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै दोस्रोमा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन रहेको छ । यो कम्पनीले १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

त्यसैगरी साउन महिनामा जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले साउन महिनामा १६ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरूले साउन महिनामा ७ लाख १० हजार ३४ बीमालेख जारी गरेका छन् ।  

कुन कम्पनीले कति कमाए ?

प्रतिक्रिया दिनुहोस