काठमाडौं । नेपालका लागी मोटरहेड ब्राण्डका आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले १९ भाद«बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड व्राण्डका वाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७,९०० देखि १,००,००० रुपैयाँसम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १,००,००० रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।
यसका साथसाथै Tekken २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५,००० रुपैयाँ छुटको व्यवस्था गरेको छ । यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा पाल्नु हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो Pose & Post Campaign अन्तर्गत शोरुममा फोटो खिची ीष्पभ तथा क्जबचभ गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ ।
मोटरहेडको हाल Tekken 250, Tekken R 250 upgraded, Sports250 Road, Sports 250 Off road, MH-150, MH-200X, X-Torque / Scrambler गरी ८ मोडलका वाइकहरु .३,१०,००० रुपैयाँदेखि ४,९५,००० रुपैयाँसम्ममा विक्रि गर्दै आएको छ । कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।
प्रतिक्रिया दिनुहोस