aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ भदौ २०७९
श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको हो । 

सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । यी वाहेक बाँकी ३ लाख ६८ हजार ५९० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो । 

यो आईपीओ छिटोमा भदौ १९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २९ गतेसम्म विक्री अवधि लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पर्दै आएको आवेदनको अवस्थालाई हेर्दा यस कम्पनीको आईपीओ पनि छिटो अवधि भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल  लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा  एजेन्सी केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने केयरएनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ कायम हुनेछ । 

प्रतिक्रिया दिनुहोस