aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रोपेलको ग्राहक भेला सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ भदौ २०७९
प्रोपेलको ग्राहक भेला सम्पन्न

काठमाडौं । नेपालका लागी Propel Crusher Plant को आधिकारिक बिक्रेता बतास ट्रयाक्टर्स प्रालि ग्राहक भेला सम्पन्न गरेको छ । भादौ १७ गते काठमाण्डौ स्थित एक एण्ड यति होटलमा ग्राहक भेला सम्पन्न गरेको हो । उक्त ग्राहक भेलामा नेपालका क्रसर व्यावसायको सहभागीता गरिएको थियो ।

 सो कार्यक्रममा उपस्थित नेपाल क्रसर तथा खानी उद्योग व्यावसाय महासंघका अध्यक्ष सीताराम न्यौपानेले  वर्तमान क्रसर तथा खानी उद्योग व्यावसायको सम्भाव्यता, दायरा तथा भविष्य बारे विस्तारमा व्याख्या गरेका थिए । 

हाइड्रो, सडक विस्तार जस्ता परियोजना, खानीजन्य तथा नदीजन्य पदार्थ प्रशोधन जस्ता क्षेत्रमा प्रयोग हुने प्रोपेल क्रसर प्लान्ट र मिशनरी नेपालमा सर्वाधिक बिक्री हुने ब्राण्ड हो । नेपालका साथै १५ भन्दा बढी देशहरूमा अत्याधिक लोकप्रिय रहेको यस ब्राण्डका करीब ८५ वटा प्रोडक्ट रहेका कुरा प्रोपेल इण्डियाका सन्जय जाडबले बताए । 

उक्त भेलामा ग्राहकहरूलाई विभिन्न Propel Crusher and Mining Plant को विशेष्ता, विवरण, प्रयोग गर्दा हुने फाईदाहरु बारे बतास अर्गनाईजेसनका प्रबन्धक निर्देशक शान्त राज बतास, बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दिपेन्द्र मल्ल, Propel  India का सन्जय जाडब, मन्भिन्डर सिंहद्वारा विस्तृत रुपमा जानकारी गराईएको थियो। 

खानी र निर्माण उद्योगहरूमा छिटो र कुशल क्रसिङ र स्क्रिनिङले गुणस्तर र उत्पादकताको सन्दर्भमा समुद्री फरक पार्ने हुनाले उक्त क्षेत्रहरूमा प्रोपेलके नवीन, प्राविधिक रूपमा प्रभावी मिशनरी विश्वस्तरीय रूपले प्रचिलत रहेको कुरा बताउदै बतास अर्गनाईजेसनका प्रबन्धक निर्देशक बतासले अतुलनिय क्षमता रहेको यस्ता प्रेपेलको मिशनरी तथा उत्पादनले नेपालको विकास कार्यलाइ थप अब्बल बनाउन सहकार्य हुने बताएका छन् । 

त्यस्तै बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दिपेन्द्र मल्लकाका अनुसार Propel का उत्पादनहरु नेपाली बजारमा लोकप्रिय हुँदै अएकोले आउदो दिनहरुमा देश विकासका कार्यमा कार्यरत सम्पूर्ण क्रसर तथा खानी उद्योगी व्यवसायीलाई अभै राम्रो गुणस्तरीय सेवा दिने प्रितबद्धताका साथ बतास ट्रयाक्टर्स प्रा लि अघि बढिरहेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस