
काठमाडौं । सान्जे जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने समय अवधि थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आइपीओमा अब असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले रू.१ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस