
काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले असोज १३ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । होटल्सले राष्ट्रिय सभा गृह सिटी हल, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्गो लगाउँनेछ ।
यस वर्ष पनि होटल्सले लाभांश प्रस्ताव गरेको छैन् । आर्थिक वर्ष ०७५/७६ पछि होटल्सले लाभांश वितरण गरेको छैन् । कोभिडको कारण परेको असरका कारण होटल्स्ले यो वर्षपनि लाभांश वितरण गर्न नसकेको जानकारी दिएको छ ।
होटल्स्को लाभांश वितरणको इतिहासलाई फर्केर हेर्दा अधिकतम २६ दशमलव ३२ प्रतिशसम्म लाभांश वितरण गरेको अवस्था छ । होटल्सले दुई आर्थिक वर्ष ०७२/७२ र ०७४/७५ मा उक्त अधिकतम लाभांश वितरण गरेको थियो ।
२५औं वार्षिक साधारण सभा प्रयोजनका लागि होटल्स्ले भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ ३० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस