
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले हिमाल आरोही पुणिमा श्रेष्ठसँग सहकार्य गर्ने भएको छ । कम्पनीले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको हो ।
यसै सन्दर्भमा आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर गरेको हो । श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै छिन् । उनले सगरमाथासहित नेपालको ८ हजार मिटरभन्दा माथि उचाईमा रहेका ७ ओटा हिमाल आरोहण गरिसकेकी छिन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे ।श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे बताइन् ।
गोर्खाको मध्यम परिवारमा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस