
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साउन निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट २१ करोड भन्दाबढी बीमाशुल्क संकलन गरेका गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले १६ हजार ४६४ वटा बीमालेख बिक्री गरी २१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । कृषि तथा बाली बीमा गर्नेहरुको संख्या घटेसँगै बीमा शुल्क संकलन पनि घटेकोे छ ।
प्रदेशगत बीमाशुल्क संकलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन घटेको देखिन्छ । समितिका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा ६ हजार ४५५ बीमालेख बिक्री गरी ९ करोड २६ लाख २४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सोही अवधिमा कम्पनीहरुले प्रदेश नम्बर १ बाट २ हजार ५०३ बीमालेख बिक्री गरी २ करोड ७१ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । समितिका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेश प्रदेशबाट २ करोड रुपैयाँ भन्दा बढि बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशबाट १ हजार २८६ बीमालेख बिक्री गरी २ करोड १७ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क संकmलन गरेका हुन् ।
समितिका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमा शुल्क घटेको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट १ हजार ९९१ बीमालेख बिक्री गरी २ करोड ५९ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।
त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ३ अर्ब ४३ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले यस अवधिमा ३ हजार ३७५ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
त्यसैगरी, कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरु घटेका छन् । बीमा गर्नेहरु घटेसँगै बीमाशुल्कमा पनि घटेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा ४८८ बीमालेख बिक्री गरेका छन् । उक्त संख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले ३७ लाख ३६ रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
समितिका अनुसार कम्पनीहरुले यस अवधिमा सुदुरपश्चिम प्रदेशबाट ५५ लाख १७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहले उक्त प्रदेशमा यस अवधिमा ५४ड बीमालेख बिक्री गरेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस