aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आव २०७८/७९ को  सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने घोषणा गरेको हो । 

उक्त लाभांश प्रस्ताव पारितकोे लागि कम्पनीले कात्तिक २ गते एघारौं वार्षिक साधारण सभा गर्ने जानकारी पनि दिएको छ । साधारण सभा र  लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज १२ गते बन्द हुनेछ । 

यस आधारमा असोज ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस