
काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज आरइ बीएस६ र बजाज म्याक्सिमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ ।
यस अभियानको नाम “यस पालीको चाड, उपहार संगै स्वरोजगार“ राखिएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याक्सिमा सी वा बजाज आरइ बीएस६ को खरिदमा ३२ इन्चको हिमस्टार एलइडी स्मार्ट टिभि वा सामसङ एफ२२ स्मार्ट फोन पाउने अफर ल्याएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा भन्छन्, “चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज म्याक्सिमा सी वा बजाज आरइ बीएस६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।“
यो “यसपालीको चाड, उपहार संगै स्वरोजगार” अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस