aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

१७ कम्पनीलाई सम्पत्ति कर बुझाउन बालेनको उर्दी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
१७ कम्पनीलाई सम्पत्ति कर बुझाउन बालेनको उर्दी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले १७ वटा कम्पनीलाई सम्पत्ति कर बुझाउन उर्दी जारी गरेको छ । मंगलबार महानगरले सरकारी संस्थान सहित विभिन्न १७ कम्पनीलाई १० दिन भित्र सम्पत्ति कर बुझाउन पत्र काटेको हो । 

महानगरले खाद्य संस्थान, ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेशनल ट्रेडिङ्ग लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आर.वि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि, डेन्टल कलेजलाई सम्पत्ति कर बुझाउन पत्र काटेको हो ।

उक्त पत्रमा भनिएको छ– ‘काठमाडौं महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० (दश) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवाना सहित बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असूलउपर गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस