aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नायक पल शाहलाई १० लाख क्षतिपूर्तिसहित साढे दुई वर्ष कैद सजाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ भदौ २०७९
नायक पल शाहलाई १० लाख क्षतिपूर्तिसहित साढे दुई वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत पुर्वी नवलपरासीले नायक पल शाहलाई साढे दुई वर्ष कैद सजाय सुनाएको छ । किशोरी बलात्कारको अभियोगमा परेका नायक पल शाहलाई अदालतले २ वर्ष ६ महिना कैद सजाय गरेको हो । 

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजालसले शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । बलात्कार मुद्दामा भने उनले सफाइ पाएपनि बालयौन दुरुपयोग गरेको ठहर अदालतको छ ।

प्रतिक्रिया दिनुहोस