
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारीको बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको बजार मूल्य निर्धारण गरेको छ । आजको लागि तोकिएको कृषि उपजहरुको बजार मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म रहेको छ भने अनार प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म रहेको छ ।
त्यस्तै अमला प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म र रातो आलुको प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस