
काठमाडौं । मर्जरको प्रस्ताव पारित गर्नका लागि दुई लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएका छन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले एक आफसमा गाभ्ने/गाभिने मर्जर प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा गर्ने लागेका हुन् ।
कम्पनीको उक्त सभा भदौ ७ गते शुक्रबार हुने भएको छ । सिवाइसी नेपाल लघुवित्तको विशेष साधारण सभा केन्द्रिय कार्यालय, सभागृह चोक, कास्कीमा गर्न लागेको छ । त्यस्तै, आँधिखोला लघुवित्तको सभा होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान ११ बजे हुने भएको छ ।
उक्त सभाले यी दुई कम्पनी एक आपसमा गाभ्ने/गाभिने, लेखापरीक्षक नियुक्त गर्ने, मर्जर प्रयोजनार्थ निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गर्ने, मर्जर सम्बन्धि आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
विशेष साधारणसभा प्रयोजनको लागि भदौ २९ गतेदेखि असोज ७ गतेसम्म यी दुई कम्पनीको शेयरधनी किताब खाता बन्द हुने भएको छ । मर्जरका लागि दुई कम्पनीको शेयर कारोबार असार २३ गतेदेखि बन्द रहेको छ।
प्रतिक्रिया दिनुहोस