
काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ३२ लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गर्न लागेको हो ।
कम्पनीले आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं। ६ र ७का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर वितरण गर्न लागेको हो ।
यो आईपीओ खरीदका लागि आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं। ६ र ७ का स्थानिय बासिन्दाहरु लमजुङ्ग जिल्लाका स्थानिय बासिले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयहरूले यो आईपीओ खरीदका लागि छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ३० गतेसम्म विक्री खुला हुनेछ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एकलाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओको विक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा क्यापिटल, ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस