aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एशियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
एशियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले १५.३६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव सहित कम्पनीको १४ औं वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त साधारणसभा असोज १६ गते बिहिबार होटल क्लासिक सिमरा बारामा भचुर्अल माध्ययमबाट हुनेछ । 

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई वितरण गर्न लागेको हाल कायम रहेको चुक्ता पुँजीको १४.५० प्रतिशत अर्थात ३६ करोड ८२ लाख ७६ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ०=७६ प्रतिशत अर्थात् १ करोड ९३ लाख ८२ हजार रुपैयाँ नगद लाभांश गरी कुल १५.३६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

उक्त साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज ३ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
 

प्रतिक्रिया दिनुहोस