aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सगरमाथा र माईखोला हाइड्रो आईपीओ निष्कासन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
सगरमाथा र माईखोला हाइड्रो आईपीओ निष्कासन गर्दै

काठमाडौं । सगरमाथा हाइड्रोपावर लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । दुई छुट्टाछुट्टै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । 

सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार  कित्ता आईपीओ निष्कासन गर्नका लागि भदौ ९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी माईखोला हाइड्रोपावर कम्पनीले १९ लाख २१ ह्जार ५६८ कित्ता आईपीओ निष्कासन गर्नका लागि भदौ २२ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस