aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमामाई हाइड्रोपावरको साधारण सभा कात्तिक २ गते, ५.२६ प्रतिशत लाभांश पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ भदौ २०७९
सानिमामाई हाइड्रोपावरको साधारण सभा कात्तिक २ गते, ५.२६ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले कात्तिक २ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले स्मार्ट दरबार, व्यान्क्वेट, संखपार्क, धुम्बाराहीमा बिहान ११ बजे सभा गर्न निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित नगद लाभांशलाई समेत वितरण योग्य बनाउनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उल्लेखित प्रस्तावहरूसँगै चालू आर्थिक वर्षको लागि लेखापरिक्षण नियुत्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।  
 

प्रतिक्रिया दिनुहोस