
काठमाडौं । एक वर्षमा कुल जीवन बीमालेख ५२.४३ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्याङक अनुसार गत आर्थिक वर्षको साउन मसान्तदेखि चालु आर्थिक वर्षको साउन मसान्तसम्म बीमालेख संख्या ४५ लाख २ हजार ४४२ ले बढेको हो । गत आव वर्षको साउन मसान्तसम्म कुल बीमालेख संख्या ८५ लाख ८७ हजार ४४ रहेकोमा गत आवको सोही अवधिमा ५२.४३ प्रतिशतले बढेर १ करोड ३० लाख ८९ हजार ४८६ पुगेको छ ।
समितिका अनुसार कुल निर्जीवन बीमालेख भने घटेको छ । गत आर्थिक वर्षको साउन मसान्तसम्म २ लाख ४१ हजार ८३७ बीमालेख रहेकोमा चालु आवको वर्षको सोही अवधिमा उक्त बीमालेख ८.३५ प्रतिशतले घटेर २ लाख २१ हजार ६४२ पुगेको छ ।
म्यादी, लघु म्यादि र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि ५२.४५ प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख संख्या ५३ लाख २५ हजार ५३१ पुगेको छ भने म्यादी र लघु म्यादि जीवन बीमालेखको संख्या ६८ लाख ८५ हजार १८४ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख संख्या ८० लाख ९ हजार ६३४ रहेको थियो ।
त्यस्तै, वैदेशिक रोजगार बीमा संख्यामा पनि यस वर्ष ५२.१९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको साउन मसान्तसम्म ५ लाख ७७ हजार ४१० बीमालेख रहेकोमा चालु आवमा बढेर ८ लाख ७८ हजार ७७१ पुगेको छ ।
समितिका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि ०.३४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १९ अर्ब ६० करोड बीमा शुल्क संकलन भएको चालु आवको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा वृद्धि भएसँगै १९ अर्ब ५३ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, जीवन बीमा शुल्क संकलनमा पनि ९.३५ प्रतिशतले घटेको छ । गत वर्षको साउन मसान्तसम्म १६ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको चालु आवको साउन मसान्तसम्म १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमा शुल्क संकलनमा भने ४९.६८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको साउन मसान्तसम्म २ अर्ब ९९ करोड बीमा शुल्क संकलन भएको चाल आवको साउन मसान्तसम्मा ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या ५० लाख ५९ हजार २५४ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादि जीवन बीमालेख सहितको संख्या १ करोड १६ लाख १७९ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ७६ लाख ९ हजार १५२ रहेको थियो ।
यसैगरी, म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १६.६८ प्रतिशत रहेको छ । म्यादि, लघु म्यादी र वैदेशिक रोजगार बीमा जीवन बीमासहितको बीमाको दायरामा आएको जनसंख्या ४१.१५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा २७.५१ प्रतिशत जनसंख्या रहेको थियो ।
साथै, म्यादी र लघु म्यादि बीमा जीवनबीमा लेख सहित बीमाको दायरामा आएको जनसंख्या ३८.२६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादी र लघु म्यादी बीमा जीवनबीमा लेख जनसंख्या २५.५७ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ ।
समितिका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि ९.८७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरु ३ हजार ६१ रहेकोमा यस वर्ष ३ हजार ३६६ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्या भने ८.८८ प्रतिशतले बढेर ११ हजार ८३० जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा १० हजार ८६५ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस