aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ जारी गर्न दुई हाइड्रोपावरले दिए बोर्डमा आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ भदौ २०७९
आईपीओ जारी गर्न दुई हाइड्रोपावरले दिए बोर्डमा आवेदन

काठमाडौं । साधारण शेयर आईपीओ जारी गर्न दुई हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले आईपीको निष्काशनका लापिग बोर्डमा आवेदन दिएका हुन् । 

सगरमाथा हाइड्रोपावर कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आइपीओ जाी गर्न बोर्डमा अनुमति मागेको हो । त्यस्तै, माइखोला हाइड्रोपावर १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण शोयर निष्काशनका लागि अनुमति माग गरेको हो । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

माइखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड आयोजना निर्माण गरिरहेको छ भने सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपरमाई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९.९ मेगावाट हो। सेबोनबाट स्वीकृती पाएपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस