aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री भुसाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ भदौ २०७९
बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताइन । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताइन । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भनिन, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।”  

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उहाँले  घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस