
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै लुम्बिनी जनरल इन्स्योरेन्सका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।
यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान र अस्पतालका अध्यक्ष डा। भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस