aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्रृजनशील लघुवित्तको आईपीओ भोली बाँडफाँट हुँदै, ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ भदौ २०७९
श्रृजनशील लघुवित्तको आईपीओ भोली बाँडफाँट हुँदै, ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउने

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बिहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आईपीओ बाँडफाँट हुनेछ ।

कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा  गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस कम्पनीको आईपीओ ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् । कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो  । कुल कित्तामध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस