काठमाडौं । एसजि गु्रप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डले सोमबार देखि भाद« ३१ गते सम्म एक्सचेञ्ज क्याम्प सञ्चालन गर्ने भएको छ ।
उक्त क्याम्पमा जस्तोसुकै अवस्थाको वाइकहरुमा कम्तिमा २५ हजार रुपैयाँसम्म मुल्य हुने जनाइएको छ । जुनसुकै व्राण्डको वाइक संग एक्सचेञ्जमा बजार मूल्यभन्दा २० हजार रुपैयाँ कम हुनेछ । साथै वम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट फुल इन्स्योरेन्स छुट हुने कम्पनीले जनाएको छ ।
यो अफर काठमाण्डौं उपत्यका भित्र धोविघाट, बालाजु, सल्लाघारी, चावहिल र टेकु गरी ६ वटा शोरुममा लागु हुनेछ । यसका साथ साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत भदौ १९ गतेबाट कात्र्तिक १५ गतेसम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि अफर सार्वजनिक गरेको छ ।
कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ सम्म जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।
यसका साथै टेकेन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । टारो ब्राण्डका वाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरलको खरीदमा १५ हजार रुपैयाँ छुटको अफर अघि सारेका छन् ।
कम्पनीले वम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्ताले ५ वर्षको कर तथा विमा छुटको अफर पनि ल्याएको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गई टस्ट रँइड तथा पोज एण्ड पोष्ट च्याम्पियन अन्तर्गत फोटो खिची लाइक एण्ड शेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस