
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको बजार मूल्य तोकेको छ । आज मंगलबारका लागि तोकिएको बजार मूल्य अनुसार अदुवा, तिते करेला, तरबुजा र लोकल काक्रो औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, कुरीलो ८५० रुपैयाँ, केरा प्रतिदर्जन १२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, चकुन्दर र माछे खुर्सानी ७५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय गोलभेडा ५२ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेडा ३२ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।
विस्तृतमा आजको बजार मूल्यसूची यस्तो छ :
प्रतिक्रिया दिनुहोस