aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाइफ इन्स्योरेन्सद्धारा १५.७८९ प्रतिशत लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ भदौ २०७९
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १५.७८९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस