aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

युनिलिभर नेपालको नाफा अर्ब नाघ्यो, लाभांश कति देला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
युनिलिभर नेपालको नाफा अर्ब नाघ्यो, लाभांश कति देला ?

काठमाडौं । उच्च शेयर मूल्य रहेको कम्पनी युनिलिभर नेपालले अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतभन्दा बढी नाफा वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९९ करोड ९२ लाख रुपैयाँ रहेको  थियो । युनिलिभरको शेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । साथै रिजर्भ कोषमा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै प्रतिशेयर आम्दानी १५० रुपैयाँ छ ।  प्रतिशेयर नेटवर्थ  २ हजार ५२६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस