
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रमा बोल्दै कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले अब कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने बताएका हुन ।
उनले भने, ‘कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने छ ।’
सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराएका थिए ।
ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका विभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७६÷७७ मा थप शाखा÷उपशाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५÷७६ मा ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ ।
प्रतिक्रिया दिनुहोस