aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा क्यापिटलकाे साधारण सभा असोज २६ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ भदौ २०७९
सानिमा क्यापिटलकाे साधारण सभा असोज २६ गते

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले असोज २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा अपरान्ह ४ बजे सभा बोलाईएको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टङ्ग्याउनेछ ।

यस वर्ष क्यापिटलका शेयरधनीहरूका लागि १५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ । सो प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस