
काठमाडौं । एक महिनामा १९ जीवन बीमा कम्पनीमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या ८ हजारभन्दा बढी नाघेको छ । बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा बीमितहरुले ८ हजार ४२२ बीमालेख सरेन्डर गरेका हुन् ।
समितिको तथ्याङक अनुसार यस अवधिमा १९ जीवन बीमा कम्पनीको १ अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कपोरेशन कम्पनीका बीमालेख रहेका छन् ।
साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्सको ६४ करोड रुपैयाँ बराबरको ३ हजार ६२४ बीमालेख सरेन्डर भएका छन् । त्यस्तै, यस अवधिमा लाइफ इन्स्योरेन्स कपोरेशनको ३३ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार ९५६ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ ।
यस्तै, सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँ बराबरको ६१६वटा, राष्ट्रिय बीमा संस्थानको ५ करोड ८९ लाख रुपैयाँ बराबरको ६०८ वटा, मेट लाइफको २ करोड ८८ रुपैयाँ बराबरको ३५५वटा, एशियन लाइफ इन्स्योरेन्सको ७ करोड २४लाख रुपैयाँ बराबरको ७३७ वटा र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ७८ लाख रुपैयाँ बराबरको २०५ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।
त्यसैगरी, बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट २ करोड ६४ रुपैयाँ बराबरको १०९ वटा, प्राइम लाइफ इन्स्योरेन्सको ७८ लाख ५९ हजार रुपैयाँ बराबरको ४२ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ४० लाख ९३ हजार रुपैयाँ बराबरको ३१ वटा, युनियन लाइफ इन्स्योरेन्सबाट ५० लाख रुपैयाँको ३६ वटा र ज्योति लाइफ इन्स्योरेन्सबाट ४५ लाख ३४ हजार रुपैयाँ बराबरको ३२ वटा बीमा पोलिसी सरेन्डर गरेको समितिको तथ्याङकमा उल्लेख छ ।
समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० लाख ८८ हजार रुपैयाँ बराबरको १३ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ६१ लाख ७९ हजार रुपैयाँ बराबरको ७२ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ६८ लाख ५५ हजार रुपैयाँ बराबरको १४५ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको २८ लाख २४ हजार रुपैयाँ बराबरको ४८ वटा पोलिसी सरेन्डर भएको छ ।
त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट ३८ लाख ६६ हजार रुपैयाँ बराबरको ३२ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ६६ लाख ८२ हजार रुपैयाँ बराबरको ३४ वटा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ४४ लाख ९८ हजार रुपैयाँ बराबरको १७वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस