
काठमाडौं । नेको इन्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १३ प्रतिशतभन्दा बढी नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा खुद नाफा ३४ करोड ३६ लाख ४६ हजार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो वर्ष ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसपटक कम्पनीको खुद बिमा शुल्क १ अर्ब १४ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ९८ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।
बीमा कोषमा ६० करोड ७४ लाख रुपैयाँ राखेको कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको छ । त्यस्तै रिजर्भ फन्डमा ४६ करोड ३७ लाख पुगेको छ भने प्रतिशेयर आम्दानी २९ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ९० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस