aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यो चाडपर्वमा प्रोटोनको नयाँ अफर  ’गन्तव्य  खुशीयालीको’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
यो चाडपर्वमा प्रोटोनको नयाँ अफर  ’गन्तव्य  खुशीयालीको’

काठमाडौँ । यो दशैं तिहारलाई लक्षित गरेर प्रोटोनले ल्याएको छ ’गन्तव्य  खुशीयालीको’ अफर सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिने कम्पनीले जनाएको छ ।  पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहज इन–हाउस फाइनान्स,  एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ ।  

यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।  यो योजना भाद्र ३० गते देखि अधिराज्य भर सीमित अवधिको लागि मात्र लागू हुनेछ ।  

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स नेपालको लागि प्रोटोनका गाडीको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चित गर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस