
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सातौं वार्षिक साधारण सभा आज हुदंैछ । कम्नपीले कार्की ब्याङकेट, बबरमहल, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो । सभाले अघिल्लो आर्थिक वर्ष 2०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब २३ करोड २५ लाख कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनकाल लागि भदौ १९ गते आइतवार एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १७ गते शुक्रवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस