
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर भदौ ३ गते मंगलबारदेखि जारी गर्ने भएको छ । कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेकोछ ।
हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ । यस हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस