
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै नयाँ योजना ल्याएको छ । हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याईएको हो ।
यो ग्राहकमुखि योजना यहि भाद्र ३० गतेदेखि सुरु भएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप एक लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् ।
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस