
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजीको १५.७८ प्रतिशतले हुन आउने १ अर्ब २९ हजार ५९ लाख रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँको रहेको छ । उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस