
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को लागि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको भदौ ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कुल नगद लाभांशमध्ये शून्य दशमलव ७९ प्रतिशत कर प्रयोजनका लागि रहेको समेत कम्पनीले प्रष्ट पारेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधरामा १ अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको लाभांश कम्पनीले वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस