
काठमाडौं । बीमा समिति अब बीमा प्राधिकरण हुने भएको छ । राष्ट्रिय सभाबाट बीमा विधेयक भएसँगै समिति अब प्राधिकरणमा परिणत हुने भएको हो । समितिलाई प्राधिकरण बनाउन करिब साढे ४ वर्षअघि बीमा विधेयक पेश गरिएको थियो । राष्ट्रियसभाले स्वीकृत गरेको बीमा विधेयक, २०७५ लाई प्रतिनिधिसभाको बैठकले पास गरेपछि नेपालको बीमा सम्बन्धी नियामक निकाय अब शत्तिशाली हुने भएको छ ।
राष्ट्रिय सभाको बिहिबार बसेको दोस्रो बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो। बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।
गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृति भएपछि शुक्रबार राष्ट्रिय सभाले पास गरेको विधेयक अब राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएर राजपत्रमा प्रकाशित भएपछि समिति प्राधिकरणमा परिणत हुने छ । सामान्य रुपमा विधेयक ऐन राजपत्रमा प्रकाशित भइपछि कार्यान्वयनमा आउने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिकन्युज डटकमलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस