aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साउन सकिसक्दा पनि ९४ प्रतिशतमात्र धान रोपाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ भदौ २०७६
साउन सकिसक्दा पनि ९४ प्रतिशतमात्र धान रोपाइ

काठमाडौं । साउनको अन्तिमसम्म देशभर ९४ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष भदौ १ गतेसम्म ९४.४३ प्रतिशत रोपाईं सम्पन्न भएको हो । 

विभागका अनुसार गत वर्षको सोही अवधिमा ९५.३१ प्रतिशत धान रोपाईं भएको थियो । यस वर्ष गत वर्षको तुलनामा १ प्रतिशतको हाराहारी मात्र कम रोपाईं भएको छ । 

मुलुकभरी धान रोपाईं हुने १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म १२ लाख ९५ हजार ३८२ हेक्टर क्षेत्रफलमा यस वर्ष रोपाईं भएको छ । 

भौगोलिक अवस्थाअनुसार भदौ १ गतेसम्म धान रोपाईं उच्च पहाडमा ९७.९३ प्रतिशत, मध्य पहाडमा ९१.९५ र तराई क्षेत्रमा ९५.१३ प्रतिशत रोपाईं भएको छ ।
 

प्रतिक्रिया दिनुहोस