aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तारो मोटरसाइकलको शोरुम उद्घाटन, दशैं तिहारको विषेश अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ असोज २०७९
तारो मोटरसाइकलको शोरुम उद्घाटन, दशैं तिहारको विषेश अफर

काठमाडौं । एसजी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रा.लिले गत वर्ष नेपाली वजारमा भित्राएको इटालियन डिजाइनमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ विभिन्न मिडियाकर्मी तथा इटहरीका विशेष अतिथिका वीच कम्पनीका म्यानेजिङ डाइरेक्टरी सुदिप घिमिरेद्धारा उक्त शोरुमको उद्घाटन गरेको छ ।

आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा विक्रि वितरण भइरहेको प्रचलित व्राण्ड हो । 

रेस इडिशनमा निर्मित टारोका वाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल कम्पनीले टारो व्राण्डका GP 2 200, GP 1 250 र GP 1 400 Cc  गरी तीन मोडलका वाइक नेपाली वजारमा विक्रि वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० CC का दुई मोडल Imola 150 र Alex T9 150  ग्राहकको लागी उपलब्ध गराएको छ । यस व्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप CBS Braking, Keyless Ignition, EFI, Under seat exhaust, TFT display, Aerodynamically Built, Projector headlamp  आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र विक्रि पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको छ । 

टारो व्राण्डका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको मुुल्य जीपी २२०० को पाँच लाख ५० हजार रुपैयाँ जीपी १२५० को मूल्य ६ लाख ५० हजार रुपैयाँ, जीपी १४०० को नौ लाख ५० हजार रुपैयाँ, इमोला १५० को तीन लाख ३० हजार र एलेक्स टी ९ १५० को तीन लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

दशैं तिहारको अफर अन्तर्गत तरो  ब्राण्डको इमोला १५० खरीदमा १५ हजार, जीपी २२०० खरीदमा ३० हजार र जीपी १२५० खरीदमा  २० हजार रपैयाँ छुटका अफर लागू हुने कम्पनीले जनाएको छ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्नुहुने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिनेछ ।
 

प्रतिक्रिया दिनुहोस