aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा, ३० लाखले रोजगारी पाउने दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ असोज २०७९
७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा, ३० लाखले रोजगारी पाउने दाबी

काठमाडौं । ‘हाम्रो अभियान–हामी बनाउँछौं हाम्रो देश’ अभियानले देशका ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त अभियानले यस्तो घोषणा गरेको छ । अभियानले सकारात्मक टिसर्ट क्रान्तिमार्फत मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने जनाएको हो । 

अभियानका अध्यक्ष हरि अधिकारीले देशमा विद्यमान समस्या समाधान गर्न दलहरु उदासिन बनेको गुनासो पोखे । उनले देशमा कृषि क्रान्तिको नारा घन्किएको २०औं वर्ष भएको भन्दै अहिलेसम्म क्रान्ति किन भएन ? भनेर प्रश्न गरे । 

उनले देश बनाउनको लागि सबै युवाहरु पार्टीको विचारभन्दा माथि उठ्नुपर्नेमा जोड दिए । अभियानले कृषि कम्पनी खोलेसँगै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायमा रुपान्तरण गर्ने जनाएको छ । कृषि

कम्पनी खोलिएसँगै मुलुकमा २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने पनि अभियानको दाबी छ । अध्यक्ष अधिकारीले भने–‘कृषिमा देशलाई आत्मनिर्भर बनाउनेछौं । कृषि पेशा र किसानमा आत्मनिर्भरता आवश्यकत्ता छ । अब खेतीयोग्य जमिन बाँझो रहने छैन् । हामी उत्पादनको बजारीकरण गराउने छौं । दशेको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउनेछौं । हरित क्रान्तिले देशाम पर्यटकहरु भित्र्याउनेछौं ।’

उनले अहिले देशका युवाहरु एक छाक खानाकोलागि सस्तो पारिश्रमिकमा विदेशिनुपरेको दुःख सुनाए । उनले अहिले प्रत्येक नेपाली नागरिकको टाउकोमा ऋणको भारी थपिएको भन्दै यसबाट मुक्त गर्नको लागि कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिए । 
 

प्रतिक्रिया दिनुहोस